वाहनबाट 22 लाख रुपियाँ उद्धार, 5 जना पक्राउ

राजगञ्ज : नाका चेकिङ अवधि पुलिसले एउटा वाहनबाट 22 लाख 46 हजार रुपियाँ उद्धार भएको छ भने घटनामा 5 जनालाई पक्राउ गरेको छ। पक्रा परेका 5 जनालाई आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा दार्जिलिङका गुञ्जन राई (33), जलपाईगढीका धानेश्वर बर्मन (48), कुचबिराका भुपेन बर्मन (42), मैनागढीका प्रह्लाद बर्मन (34) र मैनागढीका कमल राय (30) सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको हातीमोड इलाकामा नाका चेकिङ अवधि लाखौँ रुपियाँ सहित 5 जना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार नाका चेकिङ अवधि जलपाईगढीतर्फ गइरहेको वाहनमा छानबीन गर्दा अधिक मात्रामा रुपियाँ उद्धार गरेको छ। उक्त रुपियाँ कहाँ अनि के उद्देश्यले लगिरहेको हो भन्ने विषयमा सटीक जानकारी दिन नसकेपछि पुलिसले वाहनमा सवार 5 जनालाई व्यक्तिलाई पक्राउ गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *