वाहनबाट ग्यास सिलेन्डर चोरी गरेर चम्पट कसे टोटो चालकले, जाँचमा जुट्यो पुलिस

सिलगढी: एकजना टोटो चालकले वाहनबाट ग्यास सिलेन्डर चोरी गरेर चम्पट कसेको घटना प्रकाशमा आएको छ। उक्त घटना सीसीटीभी क्यामारामा कैद भएको छ। घटनाबारे थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले जाँच शुरू गरेको छ। उक्त घटना हिजो अपरान्ह सिलगढीको गेटबजार पाइपलान इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार महिरूद्दीन जुलानी नाम गरेको ग्यास सिलेन्डर डिलेभरी बोइ गेटबजारको पाइपलाइन इलाकामा ग्यास सिलेन्डर दिन गएका थिए। सडक किनारमा वाहन राखेर तिनी एउटा घरमा सिलेन्डर दिन गएका थिए भने त्यहाँबाट फर्किने क्रममा तिनले एकजना टोटो चालकले वाहनबाट एउटा सिलेन्डर झिकेर भागिरहेको देखे। यसपछि तिनी उक्त टोटोलाई पछ्यादौ गए तापनि उक्त व्यक्तिलाई पक्रन असफल भए। तथापि, उक्त घरमा जडान गरिएको सीसीटीभी क्यामारामा उक्त घटना कैद भएको छ। यसपछि हिजो साँझ तिनले एनजेपी थानामा घटनाबारे लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ। महिरूद्दीनले बताएअनुसार यसलाई लिएर 4 पल्ट तिनको वाहनबाट ग्यास सिलेन्डर चोरी भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *