वाहनबाट ग्यास सिलेन्डर चोरीको प्रयास गर्ने युवक पुलिस हिरासतमा

सिलगढी : खाना पकाउने ग्यास सिलेन्डरको मूल्यमा वृद्धि भएपछि सिलेन्डर चोरीको घटनाहरू प्रकाशमा आइरहेको छ। यसै क्रममा आज सिलगढी नगरनिगमको 15 नम्बर वार्डस्थित स्वामीजी मोड संलग्न इलाकामा सिलेन्डर बोकेको वाहनबाट एउटा सिलेन्डर चोरी गर्न गएका एकजना युवकलाई पक्रेर पुलिसलाई सुम्पिदिएको छ। वाहन चालकले बताएअनुसार धेरै दिनदेखि सहरभरिमै ग्यास सिलेन्डरको गाडीबाट सिलेन्डर चोरीको घटना भइरहेको छ। आज ग्यास सिलेन्डर बोकेको वाहन रोकेर एउटा घरमा सिलेन्डर दिन गएको समय एकजना युवकले वाहनबाट सिलेन्डर चोरी गर्ने प्रयास गरिरहेको समयमा तिनलाई पक्राउ गरेर पानीट्याङ्की आउटपोस्ट पुलिसलाई सुम्पिदिएको छ। पुलिसले उक्त युवकलाई हिरासतमा लिएर थानामा लगे


Leave a Reply

Your email address will not be published. Required fields are marked *