वाहन चोरी गरेको आरोपमा आमिर खान पक्राउ

सिलगढी : वाहन चोरी गरेको आरोपमा पुलिसले आमिर खानलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। गुवाहाटीबाट पिकअप भ्यान चोरी गरेर बिहारमा तस्करी गर्ने तिनको योजना थियो। तर यसभन्दा अगावै पुलिसले तिनलाई सिलगढीबाट पक्राउ गरेको छ। आमिर पेशाले वाहन चालक हुन्। प्राप्त जानकारी अनुसार गत राति एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा सिलगढी संलग्न फुलबारी टोल गेट इलाकामा अभियान चलाएर वाहन रोक्दा चालकले वाहनको कुनै कागजपत्र देखाउन सकेन। यसपछि एनजेपी थाना पुलिसले वाहनलाई आफ्नो नियन्त्रणमा लिनको साथै चालक आमिर खानलाई पनि पक्राउ गरेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *