वाहन चोरी गरेर बिक्री गर्ने दुईजना पुलिस हिरासतमा

सिलगढी : वाहन चोरी गरेर बिक्री गरेको आरोपमा एनजेपी थाना पुलिसले दुईजना नाइकेलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 18 जनवरीको दिन एउटा पिकअप भ्यान चोरी भएकोबारे एनजेपी थानामा अभियोग दर्ता गरिएको थियो। पुलिसले अभियोगको आधारमा अभियान चलाउँदा केही मानिसहरू वाहन चोरीमा संलग्न रहेको थाहा पाएपछि विभिन्न इलाकामा अभियान चलाएर अन्तत असमको बक्सीहाटबाट मिथुन बर्मन र कुमारग्रामबाट प्रसनजीत दास उर्फ भुटुलाई पक्राउ गरे। यी दुईजना युवक धेरै समय अघिदेखि विभिन्न असामाजिक कार्यमा संलग्न रहेको पुलिस सूत्रमार्फत थाहा लागेको छ। पक्रा परेका दुईजना आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा राख्ने निर्देश दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *