वाहन चोरी गर्ने गुटका 3 जना सदस्य पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले वाहन चोरी गर्ने गुटका 3 जना सदस्यलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा अनुप राय, भोलानाथ राय र चञ्चल माझी सामेल छन्। प्रधान नगर थानाले बाइक चोरी भएको मामिलाको जाँच अवधि सिलगढीबाट वाहनहरू चोरी गर्ने 3 जनालाई पक्राउ गरेको छ। एडीसीपी शुभेन्द्र कुमारले आज प्रधान नगर थानामा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। वाहन चोरी गर्ने गुटका 3 जना सदस्यलाई अदालतमा पेश गरेपछि 3 दिनको पुलिस हिरासतमा लिएर सोधखोज गर्दा चोरी गरेको एउटा टाटा सुमो सहित वाहनहरूको सामग्रीहरू पनि उद्धार गरेको छ। प्रधान नगर थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *