वाहन चोरीको आरोपमा पक्रा पर्ने चारजना अदालतमा पेश

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको एनजेपी थानाले ठूलो सफलता प्राप्त गरेको छ। गत नोभेम्बर महिनामा ठाकुर नगरबाट एउटा पिकअप भ्यान चोरी भएको थियो। घटनाको जाँचमा जुटेर एनजेपी थाना पुलिसले कुमारग्राम, बारोबिसा, कुचबिहार र असमबाट मोठ चारजनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा हिजो चौथो आरोपी तारापद सरकारलाई पक्राउ गर्न न्यु जलपाईगढी थाना पुलिस सफल भए। यसभन्दा अघि तीनजना आरोपीलाई पक्राउ गरेर पुलिस हिरासतमा लिएर सोधखोज गरेर हिजो अन्य आरोपी तारापद सरकारलाई पक्राउ गरेको बताइएको छ। यसको साथै पुलिसले दुईवटा वाहन पनि जफत गरेको छ। आरोपी चारजनालाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *