वाहन दुर्घटना हुँदा तीनजनाको मृत्यु, दुई घाइते

गान्तोक: पश्चिम सिक्किमको जूम-सालघारी समष्टि अन्तर्गत पर्ने गेलिङ-जूमबीच 10 माइल क्षेत्रमा एउटा ट्याक्सी वाहन दुर्घटनाग्रस्त हुँदा गाड़ीमा सवार तीनजनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा चालक र अन्य एकजना यात्री गम्भीर रूपमा घाइते भएका छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार घाइतेहरूको अवस्था चिनताजनक रहेकोले तिनीहरूलाई गान्तोकको एसटीएनएम अस्पतालमा लगिएको छ। प्राप्त जानकारी अनुसार,उक्त दुर्घटना भएको वाहन आज देन्तामबाट जोरथाङ आइरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *