वाहन दुर्घटनामा 1 जनाको मृत्यु, 11 घाइते

सिलगढी : आमबारी नजिक सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य 11 जना यात्रुहरू घाइते भएका छन्। मृतक व्यक्ति विजय बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज एउटा वाहनमा सवार भएर 15 जना मानिसहरू कामको लागि आमबारीतर्फ गइरहेको समय वाहन अनियन्त्रित भएर पल्टियो। उक्त दुर्घटनामा तत्कालै घाइतेहरूलाई उद्धार गरेर उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरियो भने तीमध्ये एकजनालाई त्यहाँका डाक्टरले मृत घोषित गरिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *