वाहन दुर्घटनामा चालक घाइते

नगरकट्टा : सिलगढीबाट जयगाँउतर्फ गइरहेको अमूल दुधको वाहन आज बिहान दुर्घटनाग्रस्त हुँदा चालक गम्भीर रूपमा घाइते भएका छन्। उक्त दुर्घटना लुकसान राष्ट्रिय राजमार्ग 31 स्थित कालिखोलामा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान लगभग 6 बजी सिलगढीदेखि जयगाँउतर्फ गइरहेको दुध बोकेको एउटा वाहन अचानक लुकसान कालिखोलामा अनियन्त्रित भएर कालिखोला पुलबाट तल झर्दा चालक गम्भीर रूपले घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा वाहन चालक अली हुसेनलाई उद्धार गरेर सुलकापाड़ा ग्रामीण अस्पताल पुर्‍याइएको बताइएको छ। पुलिस घटनास्थलमा पुगेर उक्त वाहन आफ्नो नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *