वाहन दुर्घटनामा मङपुका चालक प्रणय राईको मृत्यु

लोहापुल: राष्ट्रिय राजमार्ग 10 अन्तर्गत हनुमान मन्दिर नजिकमा आज बिहान एउटा पिकअप वाहन दुर्घटनाग्रस्त हुनको साथै वाहन चालकको मृत्यु भएको छ। पुलिस सूत्र अनुसार उक्त दुर्घटना भएको वाहन साथै मृतक चालक मङ्पुको रहेको बताइएको छ। घटनाक्रम अनुसार आज बिहान 5 बजी मङपु रम्बी बीचकमान निवासी भूतपूव सैनिक एवं गाडी चालक साथै मालिक प्रणय राई आफ्नो गाडी (WB.73F7534) लिएर मङपुदेखि सिलगढी गइरहेको समय हनुमान मन्दिर नजिक सडकदेखि सोझै लगभग 500 फिट तल झरेर दुर्घटनाग्रस्त बन्यो। उक्त दुर्घटनामा 36 वर्षीय चालक प्रणय राईको घटना स्थलमा नै मृत्यु भएको छ। दुर्घटनाको खबर पाएर रम्बी पुलिसले घटना स्थलमा पुगेर जाँच गर्नको साथै चालकको शवलाई पोस्टमर्टमको निम्ति पठाएको बताइएको छ। मङपु बीचकमान निवासी मृतक चालक प्रणय राई गत सात महीना अघि मात्र भारतीय सैनिकबाट अवकाश ग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *