वाहनका समानहरू चोरी गर्ने युवक पक्राउ

सिलगढी : बिहानै चोरी गर्न आएका एकजना युवकलाई स्थानीय मानिसहरूले पक्राउ गरेर पुलिसको हातमा सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार सोमबार बिहान सिलगढीको ज्योतिनगर इलाकामा राखिएको वाहनको सर-समान चोरी गरेर गइरहेको समय स्थानीय मानिसहरूले देखेपछि तिनलाई पक्रेर डोरीले बाँधेर राखे। यसपछि घटनाबारे पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर युवकलाई पक्राउ गरेर थानामा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *