वाहनको ब्याट्रीसहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले हिजो चोरी गरिएको वाहनको ब्याट्रीसहित दुईजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू शान्तिपाडा र मतिगढा निवासी उज्ज्वल चौधुरी र समीर यादवको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार फुलबारी सीमान्त इलाकामा रोकेर राखेको बोल्डर बोक्ने वाहनको ब्याट्री चोरी भएको थियो।


वाहन मालिकले यसबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले शनिबार नौकाघाट मोडबाट 8 वटा वाहनको ब्याट्रीसहित 2 जना युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार यी दुई युवकले पुरानो ब्याट्री किनबेच गर्ने गर्दथे। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *