वाहनको भाडामा वृद्धि गरिनुपर्ने मागमा पहाड़-तराई चालक संगठनद्वारा सिलगढीमा र्‍याली

सिलगढी : पहाड़-तराई चालक संगठनको तर्फबाट वाहनको भाडामा वृद्धि गरिनुपर्ने माग गर्दै आज सिलगढीको डागापुर मैदानबाट एउटा र्‍याली निकालिइयो। उक्त र्‍यालीपछि एउटा बैठक पनि गरियो। यस विषयमा पहाड़-तराई चालक संगठनका सचिव महबुब खानले भने, पेट्रोल-डीजलको मूल्यमा लगातार वृद्धि भइरहे तापनि पहाड़-तराईमा चल्ने वाहनहरूको भाडामा कुनै वृद्धि गरिएको छैन। पुरानै भाडामा चालकहरूले वाहन चलाउन बाध्य छन्। यसैले पहाड़ तराईमा चल्ने वाहनहरूको भाडामा वृद्धि गरिनुपर्ने माग गर्दै आज संगठनको तर्फबाट एउटा र्‍याली निकालेपछि यस विषयलाई लिएर बैठक पनि गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *