वाहनको चपेटमा परेर छात्रको मृत्यु

गंगारामपुर : दक्षिण दिनाजपुर जिल्लाको पागलीगञ्ज 512 नम्बर राष्ट्रिय राजमार्गमा एउटा वाहनको चपेटमा परेर एकजना छात्रको मृत्यु भएको छ। मृतक अन्तर मण्डलको रूपमा चिन्हित भएको छ। प्राप्त जानकारीअनुसार आज छात्र अन्तर मण्डलले सडक पार गरिरहेको समय एउटा वाहनको चपेटमा परेर तिनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनापछि आक्रोशित मानिसहरूले पथ अवरोध गरेर विरोध प्रदर्शनी गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रित गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *