वाहनको धक्काले व्यक्तिको मृत्यु

सिलगढी : सिलगढीको देशबन्धुपाड़ा हिमाचल संघ क्लब संलग्न इलाकामा गत राति अनियन्त्रित वाहनको धक्काले कनक सरकार नामक व्यक्तिको मृत्यु भएको छ। प्रत्यक्षदर्शीहरूको भनाइअनुसार गत राति एउटा वाहन अनियन्त्रित भएर कनक सरकारलाई धक्का दिनको साथै लगभग डेढ किलोमिटरसम्म तिनलाई घिसारेर ल्याएपछि गोपाल मोड नजिक सडकमा तिनी झरेपछि गम्भीर घाइते भएको बताइएको छ। गम्भीर घाइते अवस्थामा तत्कालै तिनलाई सिलगढी जिल्ला अस्पतालमा लगेपछि त्यहाँका डाक्टरले तिनलाई मृत घोषित गरिदिए। उक्त वाहन चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको खबर पाएर पुलिस एवम् 30 नम्बर वार्ड काउन्सिलर स्वपन दास घटनास्थलमा पुगे। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *