वाहनको धक्काले मर्‍यो वयस्क हात्ती

नगरकट्टा : नगरकट्टा ब्लक अन्तर्गत पानीझोड़ा बस्ती नजिक राष्ट्रिय राजमार्ग 31-मा वाहनको धक्काले एउटा वयस्क हात्तीको मृत्यु भएको छ। स्थानीय लगायत वन विभाग सूत्रले दिएको जानकारी अनुसार हिजो अबेर राति लगभग 12 बजी एउटा वयस्क हात्ती सड़क पार गरिरहेको समय तीव्र गतिमा आइरहेको वाहनले धक्का दिँदा घटनास्थलमै हात्ती मरेको बताइएको छ। खुनिया रेञ्जका रेञ्जर राज कुमार लायकले बताएअनुसार गत राति लगभग 12 बजी वाहनको धक्काले एउटा वयस्क हात्तीको मृत्यु भएको साथै आज उक्त हात्तीको शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *