वाहनको धक्काले मर्‍यो वयस्क मृग

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको बक्सा ब्याघ्र प्रकल्पको 25 माइलस्थित राजमार्गमा वाहनको धक्काले एउटा वयस्क मृग मरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार उक्त वाहन बक्सादेखि कुचबिहारतर्फ गइरहेको समय बक्सा ब्याघ्र प्रकल्पको 25 माइलस्थित राजमार्गमा एउटा मृगलाई धक्का दिँदा वाहन पल्टियो। वाहनको धक्का लागेपछि घटनास्थलमै मृग मर्यो भने वाहनमा सवार तीनजना मानिस घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर कुचबिहार अस्पतालमा लगेपछि हाल तिनीहरू उपचाराधीन अवस्थामा छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *