जलपाईगढी (निसं): सड़क दुर्घटनामा एकजना तृणमूल नेताको मृत्यु भएको छ। यो घटना आइतबार राति जलपाईगढी जिल्लाको मयनागढी ब्लकको टेकाटूली इलाकामा घटेको हो। मृतकका नाम जगन्नाथ दास (45) बताइएको छ। तिनी तृणमूलको बूथ अध्यक्ष थिए।
स्थानीय सूत्र अनुसार आइतबार राति जगन्नाथ दास बाईकमा सवार भएर सडक पार गरिरहेको समय धूपगढीबाट मयनागढी तर्फ गइरहेको एउटा पिकअप भ्यानले तिनको बाईकलाई धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भए। घटना पछि स्थानीय मानिसहरूले तिनलाई उद्धार गरेर मयनागढी अस्पतालमा लगे, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटना पछि इलाकामा शोकको लहर छाएको छ। पुलिसले शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी सुपर स्पेशलिटी अस्पतालमा पठाइदिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।