वाहनमा आगलागी

नक्सलबारी : बाघडुग्रा एयरपोर्ट नजिकैको मुख्य सड़कमा आज बिहान एउटा वाहनमा अचानक आगलागी हुँदा उक्त इलाकामा आतङ्क मच्चियो। तथापि, वाहन चालकलाई कुनै चोटपटक नलागेको बताइएको छ। घटनाको जानकारी पाएर दमकल कर्मीहरू घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो भने आगलागीको कारण केही समयको लागि यातायातमा समस्या देखा पर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *