वाहन र बाइक ठोक्किँदा 2 जनाको मृत्यु, 5 जना घाइते

कुचबिहार : एउटा वाहन र बाइक ठोक्किँदा घटनास्थलमै 2 जनाको मृत्यु भएको छ भने अन्य 5 जना गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज सिटकीबारी इलाकामा एउटा वाहन अनियन्त्रित भएर बाइकलाई धक्का दिँदा घटनास्थलमै 2 जनाको मृत्यु भएको छ भने अन्य 5 जना गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर निशिगञ्ज स्वास्थ्य केन्द्रमा लैजानको साथै पुलिसले वाहन आफ्नो नियन्त्रणमा लिएर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *