वाहन र पिकअप भ्यान ठोक्किँदा 2 जनाको मृत्यु, 15 घाइते

कुचबिहार : बिहेको जन्ती गएको वाहन र पिकअप भ्यान आपस्तमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने अन्य 15 जना मानिसहरू घाइते भएका छन्। उक्त घटना असमको गौरीपुर गोलकगञ्जमा घटेको हो। घाइतेहरूलाई उद्धार गरेर कुचबिहार सरकारी मेडिकल कलेज एवम् अस्पताल र कुचबिहारको गैर सरकारी अस्पतालमा भर्ना गरेपछि हाल तिनीहरू चिकित्साधीन अवस्थामा छन्। प्राप्त जानकारीअनुसार कुचबिहार 1 नम्बर ब्लकको घुघुमारी इलाकाबाट असमको कोकराझाड़मा बिहेको जन्ती गएको थियो भने त्यहाँबाट कुचबिहार फर्किरहेको समय गौरीपुरमा एउटा पिकअप भ्यानसँग ठोक्किँदा उक्त दुर्घटना भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *