वाहन र तेलको ट्याङ्कर ठोक्किँदा भाग्यले बाँचे यात्रीहरू

राजगञ्ज: सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको दशदरगामा यात्री बोकेको वाहन र तेलको ट्याङ्कर ठोक्किँदा वाहनमा सवार 4 जना यात्री भाग्यले बाँचे। प्राप्त जानकारी अनुसार आज बिहान धुपगढीतर्फ एउटा तेलको ट्याङ्कर सिलगढीतर्फ गइरहेको समय एउटा सानो वाहनसित ठोक्किँदा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको बताइएको छ। वाहनमा सवार 4 जना यात्री भाग्यले बाँचे। घटनाको खबर पाएर कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर 2 वटा वाहन उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *