वाहन र ट्रिपर ठोक्किँदा आईजी डीपी सिंह घाइते

डामडिम : डामडिम नजिक ट्रिपरसित वाहन ठोक्किँदा उत्तर बङ्गालका आईजी डीपी सिंह घाइते भएका छन्। आईजी डीपी सिंह आज बिहान वाहनमा सवार भएर सिलगढीबाट अलिपुरद्वारतर्फ गइरहेको समय डामडिम नजिक ट्रिपरसित वाहन ठोक्किँदा आईजी लगायत एसपी ट्राफिक अवदेश पाठक, वाहन चालक र बडीगार्ड घाइते भएको बताइएको छ। उक्त दुर्घटनापछि घाइतेहरूलाई तत्कालै उद्धार गरेर सिलगढी सेभोक रोडस्थित एउटा नीजि नर्सिङ होममा लगिएको छ भने हाल तिनीहरूको शारीरिक अवस्था ठिक रहेको थाहा लागेको छ। तथापि, शरीरको केही ठाउँहरूमा चोट लागेको बताइएको छ। घटनाको खबर पाएर पुलिसका उच्च अधिकारीहरू घाइतेहरूको स्वास्थ्यबारे जानकारी लिनको लागि नर्सिङहोममा पुगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *