वाहनसँग ठोक्किँदा बाइक चालक घाइते

सिलगढी : सिलगढीको मेडिकल मोड संलग्न 31 नम्बर राष्ट्रिय सडकमा एउटा वाहन र बाइक आपस्तमा ठोक्किँदा बाइक चालक गम्भीर रूपमा घाइते भएको छ। घाइते व्यक्ति चिडियामोड इलाका निवासी मनिराम नायकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार द्रुत गतिमा आइरहेको एउटा बाइक सोझै वाहनसँग ठोक्किँदा बाइक चालक गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइते अवस्थामा बाइक चालकलाई उपचारको लागि उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा लगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *