वाहन टिस्टा नदी किनारमा झर्दा दुईजना गम्भीर घाइते

सिलगढी : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने सेभोकस्थित सड़कबाट एउटा वाहन अनियन्त्रित भएर टिस्टा नदी किनारमा झर्दा वाहनमा सवार दुईजना गम्भीर घाइते भएका छन्। प्राप्त जानकारी अनुसार सिलगढीबाट एउटा वाहन सिक्किमतर्फ गइरहेको समय सेभोकस्थित काली मन्दिरमा उक्त वाहन अनियन्त्रित भएर 2 सय फिट तल झरेको बताइएको छ। घटनाको खबर पाएर पुलिस एवम् दमकल कर्मीहरू घटनास्थलमा पुगेर दुईजना घाइतेलाई उद्धार गरेर उपचारको लागि अस्पताल पठाइएको छ। दुर्घटनामा घाइते भएका दुवैजना गम्भीर रूपमा घाइते भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *