सिलगढी: सिलगढी नगर निगमको 43 नम्बर वार्ड को- अर्डिनेटरले एकजना युवकसित दुर्व्यवहार गरेको मामिला प्रकाशमा आएको छ। को-अर्डिनेटरले दुर्व्यवहार गरेको आरोप लगाउँदै उक्त युवक वार्ड कार्यालय सामु धरनामा बसेका छन्। प्राप्त जानकारी अनुसार 43 नम्बर वार्डका युवक विवेक सिंह आज बिहान वार्ड को-अर्डिनेटर रागिनी सिंहको कार्यालयमा गएर आफ्नो समस्या सुनाउँदा तिनी औधी क्रोधित भइन्। यसको साथै युवकसित दुर्व्यवहार गरिन्। युवकको भनाई अनुसार वार्ड को-अर्डिनेटरले तिनलाई “तिमी अहिले सानै छौ, मैले के गर्नुपर्छ साथै के गर्नु हुँदैन, सबै राम्ररी थाहा छ” भनी रिसाउँदै कराइन्। यसपछि नै युवक वार्ड कार्यालय सामु धरनामा बसेका छन्। अर्कोतिर, को-अर्डिनेटर रागिनी सिंहले युवक विवेक सिंहसित आफुले कुनै प्रकारको दुर्व्यवहार नगरेको बताइन्।