वार्ड को-अर्डिनेटर माथि दुर्व्यवहारको आरोप, युवक बसे धरनामा

सिलगढी: सिलगढी नगर निगमको 43 नम्बर वार्ड  को- अर्डिनेटरले एकजना युवकसित दुर्व्यवहार गरेको मामिला प्रकाशमा आएको छ।  को-अर्डिनेटरले दुर्व्यवहार गरेको आरोप लगाउँदै उक्त युवक वार्ड कार्यालय सामु धरनामा बसेका छन्। प्राप्त जानकारी अनुसार 43 नम्बर वार्डका युवक विवेक सिंह आज बिहान वार्ड को-अर्डिनेटर रागिनी सिंहको कार्यालयमा गएर आफ्नो समस्या सुनाउँदा तिनी औधी क्रोधित भइन्।  यसको साथै युवकसित दुर्व्यवहार गरिन्। युवकको भनाई अनुसार वार्ड को-अर्डिनेटरले तिनलाई तिमी अहिले सानै छौ, मैले के गर्नुपर्छ साथै के गर्नु हुँदैन, सबै राम्ररी थाहा छभनी  रिसाउँदै कराइन्। यसपछि नै युवक वार्ड कार्यालय सामु धरनामा बसेका छन्। अर्कोतिर, को-अर्डिनेटर रागिनी सिंहले युवक विवेक सिंहसित आफुले कुनै प्रकारको दुर्व्यवहार नगरेको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *