वार्डलाई प्लास्टिकमुक्त बनाउने उद्देश्यले 46 नम्बर वार्डका काउन्सिलरद्वारा अभियान

सिलगढी : सिङ्गल युज प्लास्टिकको प्रयोगमा गत 1 जुलाईदेखि रोक लगाइएको छ। उक्त निर्देशिका जारी हुनसाथ सिलगढी नगरनिगमले अभियान लगातार चलाइरहेको छ। यसै क्रममा आज सिलगढी नगरनिगमको 46 नम्बर वार्डको काउन्सिलर दिलीप बर्मनले आफ्नो वार्डलाई सफा सुग्घर एवम् प्लास्टिकमुक्त राख्ने उद्देश्य लिएर अभियान चलाए। यस अवधि तिनले वार्डको नर्मदा बगान इलाकामा फोहोर मैला फ्याँक्नको लागि इलाकावासीहरूलाई प्लास्टिकको बाल्टी प्रदान गर्नको साथै घरको फोहोर मैला बाहिर नफ्याँक्ने सबैसित अपील पनि गरे। यसपछि तिनले चम्पासरीको नर्मदा बगान इलाकाको सब्जी बजारका व्यवसायीहरूलाई प्लास्टिकको ब्याग प्रयोग नगर्ने अपील गरे। यस विषयमा काउन्सिलर दिलीप बर्मनले भने, सिङ्गल युज प्लास्टिकको प्रयोग बन्द गरिएको छ। यसैले आज आफ्नो वार्डलाई सफा-सुग्घर तथा प्लास्टिकमुक्त राख्ने उद्देश्य लिएर उक्त अभियान चलाइएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *