वार्ड सफा-सुग्घर राख्न सिलगढीको 32 नम्बर वार्डमा थप 15 जना निर्मल साथी कर्मी नियुक्त

सिलगढी : सिलगढीको सबै वार्डमा सलिड वेस्ट म्यानेजमेन्ट परियोजना शुरू भएको छ। उक्त परियोजनालाई कार्यान्वयन गर्नको लागि सिलगढी नगरनिगमको 32 नम्बर वार्डमा अझ 15 जना निर्मल बन्धु, निर्मल साथी कर्मी नियुक्त गरिएको छ। आज उक्त परियोजनाको प्रसिद्ध फुटबलर मनजीत सिंहले उद्घाटन गरे। यस विषयमा वार्ड काउन्सिलर तापस च्याटर्जीले भने, 32 नम्बर वार्ड ठुलो वार्ड रहेकोले सलिड वेस्ट म्यानेजमेन्ट परियोजना कार्यान्वयन गर्नमा समस्या भइरहेको थियो। यसैले गर्दा सिलगढी नगरनिगमका मेयर गौतम देवको पहलमा अझ 15 जना कर्मी नियुक्त गरिएको हो। थप 15 जना कर्मी नियुक्त गरिएकोले आगामी दिनमा उक्त वार्डले स्वच्छताको उदाहरण पेश गर्ने कुरामा आफू आशावादी रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *