वार्ड नम्बर 9-का आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्री वितरण

सिलगढी : सिलगढी नगरनिगमको वार्ड नम्बर 9 –मा तृणमूल वार्ड कमिटीद्वारा आज आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्री वितरण गरियो। यस अवसरमा राज्यका पर्यटन मन्त्री गौतम देव पनि उपस्थित थिए। वार्ड को-अर्डिनेटर प्रदीप कुमार गोयलको कार्यालयमा आज आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्री वितरण गरियो। केही दिन अघि उक्त इलाकामा टोकन वितरण गरेको थियो भने आज उक्त टोकन अनुसार लगभग 2 सय आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्री वितरण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *