वार्ड नम्बर 18-मा भाजपा युवा मोर्चा-द्वारा सफाई अभियान

सिलगढी  : सिलगढी सांगठनिक भाजपा युवा मोर्चाको तर्फबाट आज स्वच्छ भारत अभियान चलाइयो। सिलगढी नगरनिगमको 18 नम्बर वार्डमा 4 नम्बर मण्डल कमिटीका युवा कार्यकर्ताहरूले आज श्रवण नगर इलाकामा साफ-सफाई गर्नको साथै स्थानीय मानिसहरूलाई आफ्नो इलाका  सफा तथा स्वच्छ राख्ने अपील पनि गरे। उक्त अभियानमा भाजपा युवा मोर्चाको मण्डल चारका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *