वाटर रिसिभर निर्माणको लागि आज भूमि पूजन

सोनादा (निसं) : खरसाङको टुंग सन्त मेरिज समष्टिको सिपाहीधुरा वुडकट नजिक जेजेएम अन्तर्गत वाटर रिसिभर निर्माणको लागि आज भूमि पूजन कार्यक्रम सम्पन्न भयो। लगभग 24 करोड़ रूपियाँको लागतमा निर्माण हुन लागेको वाटर रिसिभर टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पाको उपस्थितिमा भूमि पूजन गरियो। जल जीवन मिशन अन्तर्गत निर्माण हुन लागेको उक्त वाटर रिसिभरले टुंग सन्त मेरिज समष्टिको सन्त मेरिज ग्राम पञ्चायत एकको विभिन्न गाउँहरूलाई पानी वितरण गरिने जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रममा युवा शक्ति टुंग सन्त मेरिज समष्टिको सचिव दिपेस तामाङ, पञ्चायत सदस्य, विभागीय अधिकारी लगायत अन्यहरू उपस्थित थिए। उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै क्षेत्रीय सभासद नुरी शेर्पा र पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीले जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *