डब्ल्यूबीपीएससी फूड सव इन्स्पेक्टरको परीक्षामा नकल गर्दा पक्रा परेका 4 जना परीक्षार्थी अदालतमा पेश

सिलगढी (निसं): सिलगढी पुलिसले डब्ल्यूबीपीएससी फूड सव इन्स्पेक्टरको परीक्षामा इलेक्ट्रोनिक डिभाइसको माध्यमद्वारा नकल गरेको आरोपमा विभिन्न परीक्षा केन्द्रबाट चारजना परीक्षार्थीलाई पक्राउ गरेपछि आज तिनीहरूलाई अदालतमा पेश गरियो। स्मरण रहोस, सम्पूर्ण राज्यभरिमैं डब्ल्यूबीपीएससी फूड सव इन्स्पेक्टरको परीक्षा 16 र 17 मार्च अर्थात शनिवार र आइतबार सम्पन्न भएको थियो। यस अवधि परीक्षाको दोस्रो दिन आइतबार सिलगढीको विभिन्न केन्द्रहरूमा पनि यो परीक्षा आयोजित गरिएको थियो। सिलगढी थाना अन्तर्गत तीन वटा परीक्षा केन्द्र तराई तारापद आदर्श विद्यालय, जगदीश चन्द्र विद्यापीठ र सिलगढी गर्ल्स हाई स्कूलमा परीक्षा अवधि मोबाइल लिएर नकल गरेको आरोपमा 4 जना परीक्षार्थीलाई पक्राउ गरेको छ। पक्रा पर्ने परीक्षार्थीहरूमा नूर आलम, सुसेन राय, नवाज शरीफ र पवित्रो मण्डल सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार नूर आलम र पवित्रो मण्डल मालदा निवासी हुन् भने नवाज शरीफ इस्लामपुर र सुसेन राय नदिया जिल्लाका हुन्। यी पक्रा पर्ने चारैजनाले आइतबार परीक्षा केन्द्रमा परीक्षा अवधि मोबाइलको सहयोगमा नकल गरेको आरोप रहेको छ। यी सबै जना नकल गर्ने परीक्षार्थीहरूलाई पक्राउ गरेपछि तिनीहरूलाई पुलिसको हातमा सुम्पिदिएको थियो। आज सबै जनालाई सिलगढी अदालतमा पेश गरियो। उल्लेखनीय रहोस, डब्ल्यूबीपीएससी फूड सव इन्स्पेक्टर परीक्षाको दुई दिन अवधिमा सिलगढीबाट इलेक्ट्रोनिक डिभाइसको सहयोगले नकल गरेको आरोपमा मोठ 9 जना परीक्षार्थीहरूलाई पक्राउ गरिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *