वेबेल आईटी पार्कस्थित 3 वटा अवैध कल सेन्टरको पर्दाफाश, 3 जना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी), साइबर क्राइम र मतिगढाथाना पुलिसले संयुक्त अभियान चलाएर वेबेल आईटी पार्कको फेज-3 पछि फेज-2 मा चलाइरहेको अवैध कल सेन्टरको खुलासा गरेको छ। घटनामा म्यानेजर, केयरटेकर सहित तीनजनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा देवाशीष राय, अशुमन सिंह र विशाल सिंह सामेल छन्। पुलिसले कम्प्युटर, सीपीयु र केही कागजपत्र जफत गरेको छ। एसओजी, मतिगढा र साइबर क्राइमको टीमले यस मामिलाको संयुक्त जाँच शुरू गरेको छ। हिजो सिलगढी मेट्रोपोलिटन पुलिसले वेबेल आईटी पार्कको फेज- 2 को तेस्रो तल्लामा अवैध कल सेन्टर चलाइरहेको सूचना पाएपछि पुलिसले अभियान चलाएर जाँच शुरू गरे। घण्टौँसम्म जाँच गरेपछि फेज-2 को तेस्रो तल्लामा तीनवटा अवैध कल सेन्टरको खुलासा भएपछि पुलिसको टीमले 3 जनालाई पक्राउ गरेको छ। यसको साथै केही कागजपत्रहरू पनि जफत गरेको छ। पक्रा परेका 3 जनालाई आज अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *