वेट लिफ्टर पेम्बा छिरिङलाई रम्फूमा भव्य स्वागत

रम्फू : सिक्किमका भार उत्तोलक (वेट लिफ्टर) पेम्बा छिरिङ शेर्पालाई आज सिक्किमको प्रवेश द्वार रम्फूमा असमबाट फर्किँदा भव्य रूपमा स्वागत जनाए। खेलो इन्डिया युथ गेम्स् 2020 अन्तर्गत गुवाहाटी असममा सम्पर्ण भएको 81 किलोग्राम वर्गको वेट लिफ्टिङ प्रतियोगितामा तिनले काँस्य पदक हत्याएर सिक्किम राज्यको नाम उच्च पार्न सफल भएका छन्। उक्त प्रतियोगितामा विजयी बनेर सिक्किम आफ्नो घर फर्किरहेको 21 वर्षीय पेम्बा छिरिङलाई स्थानीय मानिसहरूलगायत सिक्किम वेट लिफ्टिङ संगठनका पदाधिकारीगण एवम् सदस्यहरूले फुल खदा लगाइदिएर भव्य रूपमा आज रम्फूमा स्वागत जनाए। राष्ट्रिय स्तरको खेलो इन्डिया युथ गेम्स 2020-मा मेडल जित्ने पेम्बा छिरिङ सिक्किमको पहिलो वेट लिफ्टर हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *