वेस्ट बेङ्गाल सिभिल डिफेन्स भोलेन्टियर्सका कर्मचारीहरूद्वारा विरोध प्रदर्शन

जलपाईगढी : सिभिल डिफेन्सका कर्मचारीहरूले जनवरी महीनाको अवधिमा स्थायीकरण गरिनुपर्ने मागको समाधान नभएकोमा आत्महत्या गर्ने साथै भोट वहिष्कार गर्ने चेताउनी दिएका छन्। आज वेस्ट बेङ्गाल सिभिल डिफेन्स भोलेन्टियर्सका कर्मचारीहरूले जलपाईगढी जिल्लाशासक विभागअघि स्थायी नौकरी लगायत प्रत्येक महिना 30 दिनको काम दिनुपर्ने माग गर्दै धरना प्रदर्शन गरे। वेस्ट बेङ्गाल सिभिल डिफेन्स भोलेन्टियर्स एसोसिएशनका राज्य सह अध्यक्ष प्रसेनजीत बसाकले आफूहरूले धेरै समय अघिदेखि सबै सरकारी कामहरूमा सहयोग गर्दै आइरहे तापनि सरकारले आफूहरूलाई ध्यान नदिएको आरोप लगाएका छन्। यदि सरकारले जनवरीसम्म कुनै जवाफ नदिएको खण्डमा तिनीहरूले विधानसभा चुनाउ वहिष्कार गर्ने चेताउनी दिएका छन्। यदि आफूहरूमध्ये कसैले पनि आत्महत्या गरे यसको जिम्मेवार सरकार हुनेछ  भनी तन्मय विश्वास नामक सिभिल डिफेन्स कर्मचारीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *