वेस्ट बेङ्गल भोलेन्टरी हेल्थ एसोसिएसनको तर्फबाट निःशुल्क आँखा जाँच शिविरको आयोजना

खोरीबारी : राष्ट्रिय शिशु दिवसको उपलक्ष्यमा वेस्ट बेङ्गल भोलेन्टरी हेल्थ एसोसिएसनको तर्फबाट 13 र 14 नोभेम्बरमा निःशुल्क आँखा जाँच शिविर, आलोचना सभा र कुइज प्रतियोगिताको आयोजना गरिएको छ। दया हिमालयन आई इन्स्टिट्युट र खोरीबारी पिस क्लबको सहयोगमा खोरीबारी गोन्डोगोल जोत शिशु शिक्षा केन्द्रमा उक्त शिविरको आयोजना गरिएको छ। उक्त शिविरमा 8  80 वर्ष सम्मका सबैले आफ्नो आँखा जाँच गराए। भोलि कुइज एवम् आलोचना सभाको आयोजना गरिने भएको छ। वेस्ट बेङ्गल भोलेन्टरी एसोसिएसनका तरूण माइतीले बताएअनुसार शिशु दिवस तथा विश्व डायबेटिस दिवसको उपलक्ष्यमा उक्त शिविरको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *