हु केयर्स-द्वारा मिसन महानन्दा अन्तर्गत मानिसहरूलाई खाद्यान्न सामग्रीहरू लगायत अन्य सर-समान वितरण

सिलगढी: मिसन महानन्दा नाममा पहल चलाइरहेको सामजिक संस्था हु केयर्स-द्वारा आज सिलगढीमा खाद्यान्न सामग्रीहरू लगायत कम्बल, तोसक, सिरानी, लगाउने लुगा-फाटाहरू, प्रोफाइल तथा अन्य सर-समानहरू वितरण गरियो। प्रशासनले हालै सिलगढीको महानन्दा ब्रीज मुनि अवैध रूपमा घर बनाएर बस्दै आइरहेका धेरै परिवारलाई हटाइ दिएपछि त्यहाँका लगभग 30 परिवार अहिले गुरुङ बस्तीमा तिरपलको छाना लगाएर बिचलित अवस्थामा दिनहरू बिताइरहेका छन्। तिनीहरूको गम्भीर अवस्था देखेर हु केयर्सले मिसन महानन्दाको पहल चलाएको छ।


सिलगढी, मिरिक अनि कालेबुङबाट आएका हु केयर्स-का सदस्यहरूले आज अस्थायी रूपमा बस्दै आइरहेका ती पिडित मानिसहरूलाई राहत सामग्रीहरू वितरण गरे। हु केयर्स-का संस्थापक तथा निर्देशक एरोन योञ्जनको विशेष उपस्थितिमा हु केयर्स सिलगढीका संयोजिका अरुणा छेत्रीले आजको सेवा कार्यलाई नेतृत्व गरेकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *