विन्टर फुटबल कोचिङ क्याम्प 4 जनवरीदेखि कालेबुङ मेला ग्राउन्डमा

कालेबुङ (निसं): कालेबुङ जिल्ला पुलिस अनि नादुङ भोटिया फुटबल एकाडेमीको संयुक्त पहलमा आगामी 4 जनवरीदेखि 20 जनवरीसम्म कालेबुङ मेला ग्राउन्डमा विन्टर फुटबल कोचिङ क्याम्पको आयोजना गरिने भएको कालेबुङ जिल्ला अतिरिक्त पुलिस अधिक्षक सुभन्वता उपाध्याय अनि नादुङ भोटियाले जानकारी दिएका छन्। यसैगरी, उक्त क्याम्पमा राम्रो प्रदर्शन गर्ने उत्कृष्ट नानीहरूलाई छात्र वृद्धि प्रदान गर्ने बताउँदै नाडुङ भुटियाले नशामुक्त समाज निर्माण गर्न र खेलप्रति आकर्षित गराउन यसरी क्याम्प राखिएको थप बताएका छन्। यसरी नै आगामी 28 दिसम्बरको दिन कालेबुङ मेला ग्राउण्डमा एकदिने हकी फेस्टिभल आयोजना गरिने भएको भारतीय हकी दलका पूर्व कप्तान भरत क्षत्रीले जानकारी गराएका छन्। कालेबुङमा पनि धेरै प्रतिभाशाली नानीहरू रहेको र तिनीहरु राष्ट्रीय स्तरसम्म पुग्ने सम्भावना रहेको तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *