वर्ल्ड डायबिटीज डे-को अवसरमा स्वयंसेवी संस्थाद्वारा पदयात्राको आयोजना

सिलगढी : आज 14 नोभेम्बर वर्ल्ड डायबिटीज डे। विभिन्न ठाउँहरूमा झैँ यता सिलगढीमा पनि स्वयंसेवी संस्थाको पहलमा वर्ल्ड डायबिटीज डे मनाइयो। यस अवसरमा संस्थाको तर्फबाट पदयात्राको आयोजना गरेर साधारण मानिसहरूलाई डायबिटीजबारे जागरुकता सन्देश दिइयो। उक्त पदयात्रा सिलगढीको कञ्चनजङ्घा स्टेडियमबाट शुरू गरेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त पदयात्रामा नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देव, सिलगढीका विधायक शंकर घोष, पूर्व विधायक शङ्कर मालाकार, सिलगढी महकमा परिषदका एसडीओ लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *