याश तुफानको बिजनबारी रिम्बिक क्षेत्रमा आंशिक प्रभाव

बिजनबारी: याश तुफानको प्रभावले निरन्तर रूपमा परेको वर्षाले बिजनबारी क्षेत्रमा हालसम्म कुनै प्रकारको ठूलो अप्रिय घटना नघटे तापनि यस खण्डको विभिन्न स्थानमा आंशिक रूपमा असर पारेको छ। यसै क्रममा रिम्बिक लोधोमा समष्टि अधीनस्थ रिम्बिक बजार नजिक एनडीए स्कुल छेउमा गत राति परेको वर्षाको कारण पहिरो झरेर बाटो बाधित बनेको छ। अर्कोतिर, लोधोमा बजार नजिक आइबी कम्प्लेक्स छेउमा पहिरो गएको जानकारी प्राप्त भएको छ भने गोक दुई ग्राम अधीनस्थ लोअर कोलबोङलाई अप्पर कोलबोङसम्म जोड्ने बाटो पहिरोले बाधित बन्न पुगेको छ। अर्कोतिर बिजनबारीलाई घुम भञ्ज्याङसँग जोड्ने मुल सडकको मेरिबोङ डाँडा गाउँमा बाटो माथिबाट झरेको बाँसहरूको झ्याङले बाटो बाधित बनेपछि गोजमुमो विनयपन्थीको पहलमा खोल्ने काम भएको बताइएको छ। यसको साथै लगातार परेको वर्षाले गर्दा कतिपय क्षेत्रहरूमा पैह्रो झरेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *