यादवपुर विश्वविद्यालयको घटनालाई लिएर सिलगढीमा तृणमूल छात्र परिषदद्वारा प्रतिवाद रैलीको आयोजना

सिलगढी : यादवपुर विश्वविद्यालयका छात्र स्वप्नदीपको मृत्युको घटनालाई लिएर आज सिलगढीमा दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषदद्वारा प्रतिवाद रैलीको आयोजना गर्यो। संगठनका सदस्यहरूले रैलीको माध्यमद्वारा घटनाको आरोपीलाई कठोर सजाय दिनुपर्ने माग गरे। सिलगढीको बाघाजतीन पार्कबाट रैली शुरू गरेर सहरको विभिन्न इलाकाको परिक्रमा गरेपछि एयरभ्यू मोडमा पुगेर समापन गरियो। उक्त रैलीमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोष, युवा तृणमूल कङ्ग्रेसका सभापति निर्णय राय, तृणमूल छात्र परिषदका सभापति तनय तालुकदार लगायत अन्य उपस्थित थिए। आगामी दिनमा यस प्रकारको घटना नदोहोरियोस् तथा यादवपुर विश्वविद्यालय काण्डका दोषीहरूलाई कठोर सजाय दिनुपर्ने जिल्ला तृणमूल कङ्ग्रेस सभानेत्री पापिया घोषले माग गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *