यादवपुरमा छात्रको मृत्युको घटनाको प्रतिवादमा फुलबारीमा तृणमूल छात्र परिषदद्वारा विक्षोभ प्रदर्शन

फुलबारी : यादवपुरमा भएको छात्रको मृत्युको घटनाको विरोध जनाउँदै फुलबारीमा तृणमूल छात्र परिषद्ले विरोध प्रदर्शन गर्यो। प्राप्त जानकारी अनुसार गत राति डाबग्राम फुलबारी छात्र परिषद्को तर्फबाट फुलबारी बटतला मोडमा विरोध प्रदर्शन गर्नको साथै टायर जलाएर घटनाको विरोध जनाइयो। यस विषयमा डाबग्राम फुलबारी छात्र परिषदका कन्भेनर इमरान अलीले भने, यादवपुर विश्वविद्यालयमा र्‍यागिङको कारण एकजना छात्रको मृत्यु भएको छ। यसैको प्रतिवाद जनाउँदै आज आफूहरूले विक्षोभ प्रदर्शन गरेको हो। तृणमूल छात्र परिषद सदैव विद्यार्थीहरूको पक्षमा छौँ साथै सदैव तिनीहरूको साथमा रहनेछौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *