यस वर्षदेखि मङपुमै माध्यमिक शिक्षा केन्द्र हुने

मङपु: मङपुका विद्यार्थीहरूको लागि यस वर्षदेखि मङपुमै माध्यमिक परीक्षा केन्द्र राखिने भएको छ। मङपुको दुईवटा उच्चत्तर माध्यमिक विद्यालय क्रमैले सरस्वती उच्चत्तर माध्यमिक विद्यालय अनि ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालयलाई माध्यमिक परीक्षा केन्द्र गठन गरेको संयुक्त माध्यमिक शिक्षक संगठन मङपु सर्कलका सचिव शरण गुरूङले जनाएका छन्। उक्त माध्यमिक परीक्षा केन्द्र खोल्नमा सक्रिय भूमिका निर्माण गर्ने मङपुका समाजसेवीहरू क्रमैले सुरेन्द्र थीङ, केशर मोक्तान गाउँले, किरण पाख्रीन आदिलाई संगठनको तर्फबाट धन्यवाद प्रकट गरिएको छ। यसबाहेक माध्यमिक परीक्षा केन्द्र खोल्नमा भूमिका प्रदान गर्ने पूर्व जीटीए अध्यक्ष अनित थापा, संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन, डीआई सेकेण्डेरी दार्जिलिङ, रङली थानाका पूर्व थाना प्रभारी सुमन कल्याण, सिन्कोना बगान निर्देशक आदिलाई पनि संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन मङपु सर्कलको तर्फबाट आभार व्यक्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *