यसपालीको चुनाउमा हामी आफ्नै नेपाली गीतमा नाँच्नेछौं: विनय तामाङ

खरसाङ : आउँदो विधानसभा चुनाउमा तीनवटा गीत बज्दैछ  हिन्दी गीत, बङ्गला अनि हाम्रो ठेट नेपाली गीत तर हामी आफ्नै नेपाली गीतमा नाँच्नेछौं भनी आज खरसाङको एउटा चुनावी सभालाई सम्बोधन गर्दै गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति अध्यक्ष विनय तामाङले बताएका छन्। आज गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको तत्वावधानमा खरसाङको पार्क लोकेसनस्थित सार्वजनिक भवनमा चुनावी समीक्षा बैठक सम्पन्न गरियो । खरसाङ महकुमा अन्तर्गत पर्ने 13 वटा समष्टीहरूलाई लिएर गरिएको उक्त बैठकमा मोर्चाका अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाको विशेष उपस्थिति रहेको थियो। बैठकमा चर्चाको मुख्य विषय पार्टीले खरसाङ विधान सभाबाट आफ्नो उम्मेद्वारलाई विजयी बनाउन तृणमूल स्तरमा के कस्तो काम गरिरहेको छ साथै कस्तो रणनीति लिएर काम गर्दैछ, सो विषयमा सबै समष्टिबाट रिपोर्ट लिइयो अनि त्यही रिपोर्टको आधारमा विमर्श गरिएको बताइको छ।


खरसाङ विधान सभा चुनाउ संयोजक मोहन लामाले चुनाउ कमिटीले अहिलेसम्म गरेको कार्यहरूको प्रतिवेदन प्रस्तुत गरे। उक्त चुनावी सभालाई गोजमुमो अध्यक्ष विनय तामाङले आफ्नो सम्बोधनमा चुनाउ तयारीको समीक्षा गर्न आफु सबै क्षेत्रमा घुम्दैछु भन्दै 15 तारिखको दिन दार्जीलिङमा यो समीक्षा सभा अन्त्य गर्नेछु भनी बताए । तिनले विधानसभा चुनाउमा तीनवटा गीत बज्दैछ  हिन्दी गीत, बंगला अनि हाम्रो ठेट नेपाली गीत, हामी आफ्नै नेपाली गीतमा नाँच्नेछौं भनी बताउँदै मेनिफेष्टो उम्मेदवार घोषणा गरिने दिन नै सार्वजनिक गरिनेबारे तिनले खुलासा गरे। तिनले 2016 र 2019 को भोटरको मानसिकतामा धेरै फरक आएको छ र हाम्रो काम हेरेर जनताले हाम्रो काम अनि पार्टीलाई रुचाएको छ र अब यो जनताको मायालाई हामीले कदर गर्नु सक्नुपर्छ साथै जनतालाई धोखा दिनु हुँदैन भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *