यथार्थको राजनीति गरेर हाम्रो पहाडलाई राम्रो पहाड बनाउनु नै मेरो मिसन हो : अनित थापा

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चाका कार्यवाहक अध्यक्ष अनित थापाले दार्जिलिङको परिभ्रमण शुरू गरेको छ। गोर्खा जनमुक्ति मोर्चाको कार्यवाहक अध्यक्षको रूपमा तिनले पदभार सम्हालेपछि पार्टीलाई अझ सशक्त बनाउन खरसाङ महकुमा अधीनस्थ समष्टि अनि भातृ संगठनहरूसित भेटघाट गरेपछि आजदेखि दार्जिलिङ महकुमाको परिभ्रमण शुरू गरेका छन्। दार्जिलिङ परिभ्रमण अवधि तिनलाई दार्जिलिङ महकुमाको प्रवेशद्वार रङ्गबुलमा केन्द्रिय समिति सदस्य राजेश चौहानको नेतृत्वमा रङ्गबुल धोतरिया रङ्गमुक समष्टिका कार्यकर्ता, संयुक्त माध्यमिक शिक्षक संगठन, हिल तराई प्राथमिक शिक्षक संगठन, आशाकर्मी, नारी मोर्चा, युवा मोर्चा, जीटीए कर्मचारी संगठनका प्रतिनिधिहरूले भव्य स्वागत जनाए।


यस अवधि राजेश चौहानले रङ्गबुल समष्टिले अनित थापाको नेतृत्वलाई स्वीकार गर्दै आज भव्य स्वागत जनाएको बताए। यसरी आफूलाई स्वागत जनाएकोमा धन्यवाद प्रकट गर्दै अनित थापाले भने, “यथार्थको राजनीति गरेर हाम्रो पहाडलाई राम्रो पहाड बनाउनु नै मेरो मिसन हो।” यसैगरी, जोरबङ्लोमा पनि गोजमुमोका कार्यवाहक अध्यक्ष अनित थापालाई पार्टीका कार्यकर्ताहरूले खदा लगाइदिएर स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *