यात्री सवार अटो र बाइक ठोक्किँदा 2 जना घाइते

खोरीबारी : यात्री सवार अटो र बाइक आपस्तमा ठोक्किँदा 2 जना घाइते भएका छन्। उक्त घटना खोरीबारीको बतासी एसियन हाईवे 2-मा घटेको हो। घाइतेहरूमा मोहम्मद रियाज र मोहम्मद गुलजार सामेल छन्। प्राप्त जानकारी अनुसार यात्री बोकेको एउटा अटो नक्सलबारीबाट गलगलियातर्फ गइरहेको समय विपरीत दिशाबाट आइरहेको एउटा बाइक अनियन्त्रित भएर अटोलाई धक्का दिँदा बाइकमा सवार 2 जना घाइते भएको बताइएको छ। घटनापछि घाइतेहरूलाई उद्धार गरेर बतासी प्राथमिक स्वास्थ्य केन्द्रमा लगेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर अटो र बाइक आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *