योगेश्वरी अञ्जना देवीको सिङ्गबुलीमा जन्मदिन मनाइने

मिरिक: पहाडकी मीराबाई भनेर चिनिने योगेश्वरी अञ्जना देवीको आउँदो 21 मार्च जन्मदिन सिङ्गबुलीमा साधारण तरिकाले मनाउने भएको छ। विधानसभा चुनाउ मुखैमा भएकोले योगेश्वरी अञ्जना देवी सालिग संरक्षण समिति सिङ्गबुलीले यसबारे जानकारी दिँदै योगेश्वरी अञ्जनादेवी सालिग परिसरमा जन्मदिन मनाइने बताएको छ। योगेश्वरी अञ्जना देवीमाथि शोध गर्ने वरिष्ट इतिहासकार एवम् साहित्यकार विरही काइँला अनुसार योगेश्वरी अञ्जना देवीलाई श्रीकृष्णले दर्शन दिएका थिए। श्रीकृष्णलाई प्राप्त गर्न सिङ्गबुली चिया बगानको वर पिपलको रुखमुनी वर्षौ तपस्या गरेकी थिइन् । अहिले पनि उक्त रूख देख्न सकिन्छ। उनै योगेश्वरी अञ्जनादेवीको सिङ्गबुली चिया बगानवासीले जागरुक व्यक्तिहरूको तत्परतामा सालिग स्थापना गरिएको छजहाँ 21 मार्च जन्म जयन्ती पालन गरेर श्रद्धा सूमन अर्पण गरिने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *