खरसाङ: सिक्किमका पूर्व मन्त्री एवम् योगगुरू टी लाचुङपाको असामयिक निधनप्रति आरोग्य योगा ध्यान केन्द्र, अप्पर डुमाराम खरसाङ वार्ड नम्बर 4 का उपस्थित तमाम सदस्यहरूले नव भानु संघका सभापति अनि यस केन्द्रका सदस्य उदय थापाको सभापतित्वमा शोकसभाको आयोजना गर्यो। यस अवसरमा केन्द्रका प्रमुख प्रशिक्षक सहदेव चामलिङ, सदस्यहरू रवीनकुमार प्रधान, महेशकुमार प्रधान उपस्थित थिए। शोकसभाको शुरूमा दिङ्वगत लाचुङपाको निधनमा शोक प्रकट गर्दै एक मिनटको मौन धारण गर्नको साथै प्रार्थना गरियो।
